
फागुन ८, दैलेख
दैलेखमा कोरोना भाइरस कोभिड–१९ बिद्धको खोप लगाउने काम धमाधम सुरु भएको छ । पहिलो पटक स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्य सकिएसँगै दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी लगायतलाई खोप लगाउने कार्य सुरु भैरहेको छ ।
दोस्रो चरणमा कर्मचारी र पत्रकारहरुले बिशेष चासोका साथ खोप लगाएका छन् । कोरोना बिरुद्धको खोपका लागि काठमाडौंबाट टोलि दैलेख आएको छ । अहिले सम्म दैलेखमा करिव २ हजार बढीले खोप लगाइसकेका छन् । अन्यले खोप लगाउने कार्य धमाधम सुरु गरिएको छ । अहिले पालिका पालिकामा खोप लगाउने कार्य सुरु गरिएको छ ।
टोलिमा आउनुभएकी स्वास्थ्यकर्मी अर्चना घिमिरेले दैलेखमा अहिलेसम्म ४ सय ८० भाइल खोप आएको बताएकी छन् । करिव ४ हजार ८ सय जनालाई खोप लगाउन पुग्ने भएपनि दैलेखमा अहिलेसम्म २ हजार बढीले खोप लगाएको अर्चना घिमिरेले जानकारी दिएकी छन् ।
खोप लगाएका मध्ये कसैलाई पनि नकारात्मक असर परेको छैन्, सामान्य ज्वारो आउने र जिऊ दुख्ने सामान्य लक्षण भएकोले सम्वन्धित सबैले खोप लगाउन आउन स्वास्थ्य सेवा कार्यालय दैलेखले आग्रह गरेको छ ।






